ad ad

राजनीति


रणनीति बनाउन कांग्रेसले बोलायो विपक्षी दलको संयुक्त बैठक

रणनीति बनाउन कांग्रेसले बोलायो विपक्षी दलको संयुक्त बैठक

फाइल तस्बिर


नेपालखबर
जेठ ४, २०८१ शुक्रबार १०:३९, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको संयुक्त बोलाएको छ। 

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा जारी कांग्रेस संसदीय दलको बैठकले विपक्षी दलको संयुक्त बैठक आह्वान गरेको हो।

उक्त बैठक सकिएलगत्तै विपक्षी दलहरूको संयुक्त बैठक बस्ने कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले नेपालखबरलाई जानकारी दिए। 

‘लगत्तै विपक्षी दलको बैठक बस्ने कार्यक्रम छ’, उनले भने। 

कांग्रेस सभापति देउवाले बैठकमा सहभागिताका लागि जसपा नेपाल, राप्रपा, लोसपा, नेमकिपा, जनमोर्चालगायत दललाई बोलाएका छन्।

उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको नामसमेत जोडिएको सहकारीको रकम अपचलन प्रकरण अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले केही दिनयता लगातार संसद् बैठक अवरुद्ध गरिरहेको छ। 

यसबीच उसले गृहमन्त्री लामिछानेलाई स‌ंसद्‌मा बोल्नसमेत दिइरहेको छैन। 

सोही विषयमा हिजो बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा पनि एमाले र कांग्रेसका सांसदबीच धकेलाधकेल भएको थियो। आज पनि बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ। 

त्यसअघि आज संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा कांग्रेसले संसदीय दलको बैठकपछि विपक्षी दलबीच छलफल गर्न लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .