ad ad

राजनीति


संसद्‌मा बोल्न थाले रवि, भने– अब ९ मिनेट १८ सेकेन्डमा जवाफ सकिँदैन


नेपालखबर
जेठ ६ , काठमाडौँ

अन्ततः प्रतिनिधिसभाको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्न थालेका छन्।

लामो समयदेखि सांसद् समेत रहेका लामिछानेलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोल्न दिएको थिए। 

आजको बैठकको सुरुमै रविले भने, ‘दुई महिनाअघि नै मलाई बोल्न दिएको भए यत्रो कोलाहाल हुने थिएन, मैले भनेजस्तै ९ मिनेट १८ सेकेन्डमा सकिँदैनथियो होला, आज अब अलिकति समय लाग्नेछ।’

उनले यसअघि आफूलाई बोल्न दिए कांग्रेसले उठाएका प्रश्नको जवाफ ९ मिनेट १८ सेकेन्डमा जवाफ दिइसक्ने बताएका थिए।
 

जेठ ६, २०८१ आइतबार १८:३०

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .