उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा मात्रै नभई कृषि अनुदानको रकम हिनामिना गर्नेहरूमाथि पनि छानबिन गरेर बाहिर पठाउनुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले प्रमाण जुटाएर कारबाही गर्ने आँट गरे हुने पनि बताए।
‘प्रमाण जुटाएर कारबाही गर्ने आँट गर्नुभएको भए हुन्थ्यो। सहकारी ठगी गर्नेलाई मात्रै होइन, कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, हाँस, माछा, खसी, बोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔँ,’ लामिछानेले भने।
भिडिओ
साथै, उनले देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेक्टहरूलाई पनि बाहिर पठाउनुपर्ने बताए।
‘देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेक्टहरूलाई पनि बाहिर पठाऔँ। त्यो जतिसुकै शक्तिशाली होस्, यो देशको मन्त्री होस्, वा पार्टीको महामन्त्री होस्,’ उनले भने, ‘सदनलाई लड्ने र भिड्ने थलोको रुपमा नबनाऔँ। तथ्यमा छलफल गरौँ।’
Shares
प्रतिक्रिया