ad ad

राजनीति


रविलाई गगनले भने– तपाईं दोषी देखिए तपाईं, म देखिए मैले नै सजाय भोग्ने हो

रविलाई गगनले भने– तपाईं दोषी देखिए तपाईं, म देखिए मैले नै सजाय भोग्ने हो

नेपालखबर
जेठ ६, २०८१ आइतबार २०:२७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जसले गल्ती गरेको हो उसैले सजाय भोग्नुपर्ने बताएका छन्। 

आइतबार साँझ नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले रवि लामिछानेले गल्ती गरेको भए उनैले र आफूले गल्ती गरेको भए आफैँले सजाय भोग्नुपर्ने बताए।

‘तपाईं दोषी भए तपाईंले सजाए भोग्ने, म दोषी भए मैले सजाए भोग्ने हो। अनि त्यसपछि आ–आफ्नो राजनीतिक बाटो छैन भने सँगसँगै काम गर्ने जाने, यसरी पो हो त,’ महामन्त्री थापाले भने। 

साथै, उनले हिजोका दिनमा आफ्नो गल्ती भएको देखिए सबै विषयमा आफूमाथि छानबिन समिति बनाउन पनि चुनौती दिएका छन्। 

‘हिजो पनि मैले गल्ती गरेको भए ममाथि छानबिन गर्ने हो,’ थापाले भने।

संसदीय छानबिन समितिले सबैभन्दा पहिला गोरखा मिडिया र सुर्यदर्शन सहकारीकै फाइल पल्टाउने पनि उनले दाबी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .