ad ad

राजनीति


रञ्जिताको प्रश्न– प्रधानमन्त्रीले विश्वासको मत माग्दा नाराबाजी गर्नु अर्थपूर्ण हो?

रञ्जिताको प्रश्न– प्रधानमन्त्रीले विश्वासको मत माग्दा नाराबाजी गर्नु अर्थपूर्ण हो?

नेपालखबर
जेठ ७, २०८१ सोमबार १६:२७, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई प्रधानमन्त्रीले विश्वासको मत माग्दा वेल घेरेर नाराबाजी गर्नु अर्थपूर्ण हो कि होइन भनेर प्रश्न गरेकी छिन्।

सोमबार प्रतिनिधि सभा बैठक पछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीले विश्वासको मत लिनु स्वभाविक भएको बताइन्। 

संसदभित्र प्रक्रिया मिलेर नै आफूहरुले विश्वासको मत दिएको बताउँदै उनले प्रतिपक्ष दलहरुले प्रधानमन्त्रीले विश्वासको मत लिनुको अर्थ नभएको टिप्पणी गरिरहेको सन्र्दभमा नेपाली कांग्रेसले नाराबाजी गर्नु अर्थपूर्ण हो त भनि प्रश्न गरिन्। 

‘सम्मानित सदनभित्र प्रक्रिया मिलेर नै विश्वासको मत दिइएको छ। विपक्षी दलले अर्थ छैन भनेर भनिरहँदाखेरी र रोष्टममा बसेर प्रधानमन्त्रीले विश्वासको मत मागिरहँदाखेरी उहाँहरू वेल घेरेर नाराबाजी गरिरहने कुरा अर्थपूर्ण हो कि होइन?’, उनले भनिन्।

यसपघि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो विश्वासको मतलाई निरन्तरता दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .