प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधकाबीच राष्ट्रिय सभाबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति बैठकमा पेश गरेका थिए।
मंगलवारको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री दाहालले प्रतिपक्ष दलहरुको विरोधकाबीच संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनमा धन्यवाद प्रस्ताव पारित भएको हो।
कांग्रेसको विरोधकाबीच राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले धन्यवादको प्रस्तावमा सभाले सहमति जनाएको व्यहोरा सभासमक्ष जानकारी गराए।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गरे। राष्ट्रिय सभाको अर्को बैठक जेठ ११ गते शुक्रवार सवा १ बजे बस्नेगरी स्थगित भएको छ।
Shares
प्रतिक्रिया