ad ad

राजनीति


धनबहादुरको सम्पत्ति : घरमात्रै ७ वटा, ६० लाख नगद

धनबहादुरको सम्पत्ति : घरमात्रै ७ वटा, ६० लाख नगद

नेपालखबर
जेठ ८, २०८१ मंगलबार १६:४०, काठमाडौँ

सहरी विकास मन्त्री धनबहादुर बुढाको काठमाडौँ र डोल्पामा गरेर ७ वटा घर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। 

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जारी गरेको सम्पत्ति विववरणमा उनले डोल्पाको ठूलोभेरी नगरपालिका वडा नम्बर ३ मा करिब पाँच रोपनी जग्गामा बनेको ३ तले र २ तलेका ४ वटा घर रहेको उल्लेख गरेका छन्।

मन्त्री बुढाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरण अनुसार श्रीमती हिमालीको नाममा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा १७ आनामा बनेको ७ तले एउटा घर रहेको खुलाएका छन्। सोही वडामा ७ आना जग्गा पनि रहेको उनले उल्लेख गरेका छन्।

यस्तै श्रीमती हिमालीकै नाममा सोही वडामा ३ तलाका २ वटा घर रहेको मन्त्रीले खुलाएका छन्।

उनले सुन १ सय ५० तोला, चाँदी ३ सय तोला, नगद ६० लाख र हाइलक्स प्राडो २ वटा रहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .