ad ad

राजनीति


रविलक्षित धनराजको भाषण– राजनीतिमा कोही भगवान हुँदैन

रविलक्षित धनराजको भाषण– राजनीतिमा कोही भगवान हुँदैन

नेपालखबर
जेठ १०, २०८१ बिहिबार १८:२१, मकवानपुर (हेटौंडा)

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा कसैलाई भगवान मान्न नसक्ने टिप्पणी गरेका छन्। बिहीबार हेटौंडामा आयोजित प्रजातान्त्रिक विचार समाज मकवानपुरको स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उपसभापति गुरुङले राजनीतिमा भगवान् मानेर आँखा चिम्लेर विश्वास गर्न नसकिने बताएका हुन्।

गुरुङले उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेतर्फ इंकित गर्दै गणतन्त्रमा कसैलाई भगवान मन्दीरमा हुने तर राजनीतिमा नहुने बताएका हुन्। ‘

‘सहकारीको अर्बौं रकम हिनामिना गरेर गरिब जनतालाई रुवाउनेलाई कसरी भगवान भन्न मिल्छरु’ उनले भने,  ‘दुई÷दुई वटा नागरिकता, पासपोर्ट राख्ने र सहकारी मार्फत जनतालाई ठग्नेहरु नेता हुनै सक्दैनन्।’

यस्तै, उपसभापति गुरुङलेवडा अध्यक्ष देखि प्रधानमन्त्रीसम्मको सम्पती छानबिनका लागि संसदमा प्रस्ताव दर्ता गराएको समेत बताएका छन्। 

देशमा भष्ट्रचारको खेति मौलाएको र यसलाई छानबिन गर्न कांग्रेसले संसदमा प्रस्ताव दर्ता गराएको बताएका हुन्। 

भ्रष्टचारीको कुनै जात र धर्म नहुने र यसलाई छानबिन गर्नुपर्ने गुरुङको भनाइ थियो।

‘भ्रष्टचारको काण्डमा मुछिएकाहरुलाई राजनीतिक दलको आँखाले हेर्न हुँदैन,’ उनले भने ‘राजनीतिक दल नहेरी भ्रष्टचारको काण्डसँग जोडिएका जुनसुकै व्यक्तिलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्छ। कांग्रेस सुशासन र भ्रष्टचार विरुद्धको मिसनमा छ।’

कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .