राष्ट्रपति रामचन्द्र पाौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो।
त्यस क्रममा राष्ट्रपति पौडेलले संसद्मा जारी गतिरोधबारे चासो र चिन्ता व्यक्त गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डले संसद संचालनमा देखिएको समस्या समाधानको पक्षमा आफू रहेको राष्ट्रपतिलाई बताएका छन्। उनले संसदमा जारी गतिरोध अन्त्यका लागि आफूले पहल गरिरहेको पनि जानकारी दिएका छन्।
24
Shares
प्रतिक्रिया