संसद् सुरु हुने बेला नयाँ बानेश्वरस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बसिरहेको छ।
अहिले बिहान ११ बजेकै लागि प्रतिनिधि सभाको बैठक बस्ने तालिका थियो।
त्यही बेला प्रमुख प्रतिपक्षी कांग्रेले विपक्षी दलहरूको बैठक राखेको हो।
कांग्रेसले सदनमा कसरी अघि बढ्ने भन्ने विषयमा राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चासहित विपक्षी दलहरूसँग छलफल गरिरहेको हो।
सहकारीको रकम अपचलन र हिनामिना सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति भए पनि कार्यादेशमा कुरा मिल्न नसक्दा कांग्रेसले संसद्मा अवरोध जारी राखेको छ।
यहीबीच उता कानुन मन्त्रालयमा भने कार्यादेशमा सहमति जुटाउन कार्यदलको बैठक बसिरहेको छ।
आज संसद्मा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ।
तर यो खबर लेख्दासम्म ११ बजे नै सुरु हुने भनिएको प्रतिनिधि सभा बैठक सुरु हुन सकेको छैन।
Shares
प्रतिक्रिया