प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरू भएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका नेताहरू कृष्ण सिटौला, गगन थापा, रमेश लेखकलगायत सहभागी छन्।
बैठकमा माओवादी केन्द्रका नेता हितराज पाण्डेको पनि सहभागिता रहेको छ।
सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गर्दै विपक्षी दलहरूले लगातार संसद अवरोध गर्दै आएका छन्।
सहकारी ठगीबारे छानबिन समिति बनाउन सत्तारुढ र प्रतिपक्ष दल सहमत भएपनि समितिको टीओआरबारे सहमति हुन सकेको छैन।
सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित हुन बाँकी छ भने जेठ १५ गते बजेट ल्याउनुपर्ने समयसीमा नजिक आएको छ।
सोही सन्दर्भमा प्रमुख दलहरुबीच छलफल भएको हो।
396
Shares
प्रतिक्रिया