प्रारम्भिक बालविकास शिक्षा सुधार माग लिएर १० दिनदेखि माइतीघर मण्डलामा उभिएर एकल धर्ना दिइरहेका नेपाल समाजवादी पार्टी (नेसपा) को भातृ संगठन समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयबीच आज (वैशाख ११ गते) भएको वार्ता निष्कर्षविहीन भएको छ।
शिक्षामन्त्री सुमना श्रेष्ठले आजै चापागाईँसहित प्रतिनिधिलाई शिक्षामन्त्रालय सिंहदरबारमै वार्तामा बोलाएकी थिइन्। शिक्षामन्त्री श्रेष्ठले वार्ताका लागि पर्याप्त तयारी नगरेको युनियनले जनाएको छ। मन्त्रालय बालविकास शिक्षा सुधारमा गम्भीर नभएको युनियनले जनाएको छ।
युनियनका महासचिव टंकप्रसाद धमलाले वार्ता बिनानिष्कर्ष टुंगिएको बताए।
विभिन्न ६ सुत्रीय माग राखेर समाजवादी विद्यार्थी युनियनका नेताहरू धर्नामा छन्।
69
Shares
प्रतिक्रिया