ad ad

राजनीति


समाज समय सापेक्ष हुनुपर्छ : खिलराज रेग्मी (भिडिओ)

समाज समय सापेक्ष हुनुपर्छ : खिलराज रेग्मी (भिडिओ)

नेपालखबर
जेठ १२, २०८१ शनिबार १७:४५, काठमाडौँ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले समाज समय सापेक्ष हुनुपर्ने बताएका छन्।

दायित्व वाङ्गमय प्रतिष्ठान नेपालको २५औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले साहित्य समाजको ऐना भएको बताए। 

प्रकृति र मानव जीवनका लागि उपयोगी र उपयुक्त माध्यम भनेको साहित्य रहेको बताउँदै उनले  मानव र समाजको लागि अनुपयोगी वा विरुद्ध हुने कुनैपनि कार्य वा सिर्जना प्रकृति र श्रृष्टिको नियमविरुद्ध हुने जिकिर गरे। 

‘भनिन्छ साहित्य समाजको ऐना हो। प्रकृति र मानव जीवनका लागि उपयोगी र उपयुक्त छ। मानव सिर्जना मानवका लागि समाजका लागि नभइ केका लागि हुने? त्यसैले मानव र समाजको लागि अनुपयोगी वा विरुद्ध हुने कुनैपनि कार्य वा सिर्जना प्रकृति र श्रृष्टिको नियमविरुद्ध हो भन्ने लाग्छ,’ रेग्मीले भने।

समय गतिशिल र समाज प्रगतिशिल एवं परिवर्तनशिल रहेको भन्दै सिर्जना र कामहरू समय सापेक्ष र समाज सापेक्ष हुनुपर्ने उनको भनाइ थियो। 

‘समय गतिशिल छ र समाज पनि प्रगतिशिल एवं परिवर्तनशिल छ। त्यसैले हाम्रा सिर्जना र कामहरु पनि समय सापेक्ष र समाज सापेक्ष हुनैपर्छ। त्यसमा पनि जहाँ रवि पुग्दैन, त्यहाँ कवि पुग्छ भनिन्छ। कल्पनाशिलता रचनात्मक र सिर्जनात्मक भयो भने समाजलाई डो¥याउन सक्छ, मार्ग दर्शन दिनसक्छ,’ उनले भने, ‘अनि मात्र समाजका अगुवा नेता वा नेतृत्वको कुरा पनि यस्तै हो भन्ने मलाई लाग्छ। म कल्पना गर्दछु, त्यतिबेला पिजंडाको सुँगा लेख्ने कवि शिरोमणि लेखनाथ अहिले भए के लेख्दा हुन्, सायद सामाजिक उन्नति, समृद्धि र आत्मविकासको कुरा त्यस्तै केही लेख्दा हुन् भन्ने कल्पना गर्दछु।’ 

कार्यक्रममा दायित्व वाङ्गमय विशिष्ट सम्मानबाट रमेशचन्द्र देवकोटा र डि.आर. पोखरेल, दायित्व वाङ्गमय सम्मानबाट अमरकुमार प्रधान र वासुदेव गुरागाईं, विद्वतच्छिरोमणि हेमराज पुरस्कारबाट प्रा. दिनेशराज पन्त, दायित्व मुरलीदेवी गुरुदत्त काफ्ले स्मृति पुरस्कारबाट सिर्जनशिल अपाङ्ग विद्यालय,हरिकला गुणाकर दयित्व रचना पुरस्कारबाट विष्णुप्रसाद शर्मा पराजुली, दायित्व सीता पन्त श्रष्टा पुरस्कारबाट रागेश्वरी पन्त, दायित्व यशोदा पन्त प्रतिभा पुरस्कारबाट श्रृष्टि केसीलाई सम्मान गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .