ad ad

राजनीति


पुरानाको विकल्पमा जनताले भोट दिए, नाक देखाउने ठाउँ पनि भएन : ज्ञानेन्द्र शाही

पुरानाको विकल्पमा जनताले भोट दिए,  नाक देखाउने ठाउँ पनि भएन : ज्ञानेन्द्र शाही

फाइल तस्बिर


नेपालखबर
जेठ १३, २०८१ आइतबार १२:४४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्रबहादुर शाहीले पुराना दलहरूले काम नगरेपछि विकल्पमा नयाँ शक्तिको रुपमा आफूहरूलाई जनताले भोट हालेको भए पनि पछिल्ला दिनमा नाक देखाउने समेत ठाउँ नभएको बताएका छन्। 

आइतबार प्रतिनिधिसभा बैठकको सुरुमै प्रतिपक्षीको तर्फबाट समय लिएर बोल्दै सांसद शाहीले यस्तो बताएका हुन्। 

‘प्रतिपक्षमा एउटा बोली आज सरकारमा अर्को बोली गर्ने हो भने, तपाईं हामीलाई जनताले यीनै पुराना दलले काम गरेनन् भनेर विकल्पमा हालेको भोट हो,’ उनले भनेका छन्, ‘आज हामी नयाँ शक्तिले पनि नाक देखाउन ठाउँ भएन।’

साथै, उनले गृहमन्त्री रवि लामिछानेलाई छानबिन समिति बनाउन दिन आग्रह गरे। ‘छानबिन समिति बनाउन दिनुस्। दोषी भए कारबाही होला, निर्दोष भए यही संसद्मा गृहमन्त्री भएर आउनुहोला,’ उनले भनेका छन्। 

उनले एउटै अवस्थाको मुद्दामा सांसद गीता बस्नेतलाई पक्राउ पुर्जी जारी गरिने तर गृहमन्त्रीमाथि कारबाही नहुनु दुःखद रहेको बताए।

‘गीता बस्नेतलाई जस्तै रविलाई पनि कारबाही हुनुपर्छ। कानुन सबैका लागि बराबर हो,’ उनले भने, ‘गीता बस्नेतलाई पनि कारबाही हुनुपर्छ, यस्तै प्रवृत्ति अरुले पनि गर्ने हो भने सबै सांसद हुन् वा प्रधानमन्त्री हुन् कारबाही हुनुपर्छ।’

उनले अघि भने, ‘नेपाली जनतालाई मार्न पाउने अधिकार कसैलाई छैन। मुटु छ कि छैन, डराएको हो? खुट्टा कमाएको हो? छानबिन समिति आवश्यक देखिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .