नेपाल प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा पदोन्नति भएका ४ जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
प्रहरी नायव महानिरीक्षकमा बढुवा भएका कृष्ण हरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सोही अवसरमा प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका भगवान प्रसाद कुशवाहलाई पनि दर्ज्यनी चिह्न प्रदान गरिएको छ।
960
Shares
प्रतिक्रिया