प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (मंगलबार) बस्दै छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठक बिहान १० बजे बस्ने तयारी छ।
बैठक नयाँ बानेश्वरस्थित संसद् भवनअन्तर्गत ल्होत्से हलमा बस्नेछ।
कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरिररहेको छ।
तर यसको कार्यादेश (टीओआर) कस्तो हुने भन्ने विषयमा निचोडमा पुग्न आजै बिहान ११ बजे कार्यदलको बैठक बस्दै छ।
त्यसअघि कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो।
सरकारले आज दिउँसो १ बजे बजेट ल्याउने तयारी गरिरहेको छ।
त्यसअघि सत्तापक्ष र प्रतिपक्ष सहमतिमा पुग्ने प्रयास भइरहेको छ।
36
Shares
प्रतिक्रिया