बजेट ल्याउनुअघि मन्त्रिपरिषद्को बैठक बस्दै छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को बजेट संसदमा प्रस्तुत गर्दै छ। संसद्मा प्रस्तुत गरिने बजेट स्वीकृतिको लागि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
आज दिउँसो १ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।
मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्रीले बजेटका प्राथमिकताबारे ब्रिफिङ गर्ने कार्यक्रम छ।
69
Shares
प्रतिक्रिया