उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको छ।
महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत विपक्षी बनाइएको रिट सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो। तर यो मुद्दा पेसी सूचीको दसौँ नम्बरमा परेको छ।
महान्यायाधिवक्ता पोखरेलले गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा ‘क्लिन चिट’ दिएपछि अधिवक्ता अनुपम भट्टराईले रिट दर्ता गराएका हुन्।
अनुसन्धान गर्ने निकाय गृह मन्त्रालयकै नेतृत्वमा लामिछाने भएकाले उनलाई पदबाट निलम्बन गरी सहकारी ठगीको छानबिन हुनुपर्ने माग रिटमा गरिएको छ।
यसैबीच सहकारी प्रकरण छानबिनका लागि मंगलबार मात्र संसदीय छानबिन समिति गठन गरिएको छ।
2.0k
Shares
प्रतिक्रिया