ad ad

समाज


गणतन्त्र दिवस: वासिङ्टन र अबुधावीमा विशेष कार्यक्रम

गणतन्त्र दिवस: वासिङ्टन र अबुधावीमा विशेष कार्यक्रम

युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री


नेपालखबर
जेठ १६, २०८१ बुधबार ११:४०, काठमाडौँ

गणतन्त्र दिवसका अवसरमा संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्स (युएई) मा विशेष कार्यक्रम आयोजना गरिएको छ। 

वासिङ्टन र अबुधावीस्थित नेपाली राजदूतावासमा मङ्गलबार आयोजित बेग्लाबेग्लै कार्यक्रममा अमेरिका तथा युएईका लागि नेपाली राजदूतहरू क्रमशः श्रीधर खत्री र तेजबहादुर क्षेत्री सहभागी थिए। 

उनीहरुले लामो संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्रको संस्थागत विकास गर्दै मुलुकमा दिगो शान्ति, विकास तथा सुशासन कायम गर्नु सबै नेपालीको दायित्व भएको बताए। त्यसअघि उनीहरुले दूतावास परिसरमा नेपालको राष्ट्रिय झण्डा फहराएका थिए। 

अबुधाबिमा भएको कार्यक्रममा युएईमा रहेका नेपाली समुदाय, विभिन्न पेसा र व्यवसायमा आबद्ध नेपाली र कूटनीतिक कर्मचारीसहति एक सय जनाभन्दा बढीको उपस्थिति थियो।

युएईस्थित दूतावासका अनुसार नेपालको समुन्नत भविष्यका लागि विदेशमा रहेका सबै नेपालीले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा राजदूत क्षेत्रीले जोड दिएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .