गृह मन्त्रालयले तीनजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) सरुवा गरेको छ।
गृहमन्त्री रवि लामिछानेले मन्त्रिस्तरीय निर्णयबाट डीआईजीहरुको सरुवा गरेका हुन्।
प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार डीआईजी रामदत्त जोशीलाई प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय पठाइएको छ भने कर्णाली प्रदेश प्रमुख लालमणि आचार्यलाई प्रहरी शिक्षालय भरतपुर काजमा खटाइएको छ।
यस्तै, साइबर ब्यूरोबाट अर्जुन चन्द ठकुरीलाई कर्णाली प्रदेशमा पठाइएको छ।
ठकुरी यसअघि प्रदेश प्रमुख बन्न नपाएकोमा असन्तुष्ट थिए।
462
Shares
प्रतिक्रिया