ad ad

राजनीति


मधेसमा केन्द्रकै सत्ता समीकरण अनुसार सरकार बन्छ : प्रधानमन्त्री

मधेसमा केन्द्रकै सत्ता समीकरण अनुसार सरकार बन्छ : प्रधानमन्त्री

नेपालखबर
जेठ १७, २०८१ बिहिबार १३:२७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले मधेस प्रदेशमा केन्द्रिय सत्ता समीकरणकै आधारमा सरकार निर्माण हुने बताएका छन्। 

बिहीबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केन्द्रको समीकरण भन्दा बाहिर गएर मधेस प्रदेशमा पनि अर्को सरकार नबन्ने दाबी गरे।

‘समीकरण भन्दा बाहिर मधेसमा पनि अर्को सरकार बन्दैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले केन्द्रमा जुन समीकरण छ, त्यही अनुसार सरकार बन्छ।’

साथै, उनले नकेपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितको बैठकमा सहभागी हुनुलाई असहज रुपले नलिएको बताए। 

‘माधवजी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितको बैठकमा सहभागी हुनुलाई मैले त्यत्ति असहज ठानेको छैन,’ प्रचण्डले भने, ‘माधवजी पहिलादेखि नै उता पनि यता पनि जोडिने जस्तो देखिएको त थियो तर अहिले मेरो बिहान कुरा हुँदा माधवजी यो समीकरण भन्दा बाहिर छैन, हुँदैन भन्नेकुरा क्लियर गर्नुभएको छ।’

साथै, उनले कोसी प्रदेशलाई पर्याप्त बजेट नभएको भनी भएको प्रचार सत्य नभएको पनि बताए।

‘कोसी प्रदेशलाई उसको आवश्यकता र परिस्थितिअनुसार पर्याप्त बजेटको व्यवस्था भएको छ। कोशीलाई कम बजेट भयो भन्नेकुरा सही होइन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘बजेटमा धेरै चिज नयाँ छ। उत्पादन, उत्पादकत्व र रोजगारीलाई केन्द्रित गरेर बजेट आएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .