काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सिंगापुरको भ्रमण रद्द गरेका छन्। मेयर बालेन आगामी जेठ २० देखि २२ सम्म सिंगापुरमा हुने नवौं वल्र्ड सिटी समिटमा भाग लिन सिंगापुर जाने कार्यक्रम तय भएको थियो।
जसका लागि उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सरकारलाई स्वीकृतिका लागि आग्रह गरेका थिए।
तर, कार्यव्यस्तताका कारण उनको भ्रमण रद्द गरिएको प्रमुख स्वकीय सचिव भूपदेव शाहले नेपालखबरलाई जानकारी दिए।
‘अहिले कार्यव्यस्तताका कारण भ्रमण रद्द गरिएको हो,’ उनले नेपालखबरसँग भने।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पनि भ्रमणका लागि स्वीकृति दिइसकेको थियो।
1.5k
Shares
प्रतिक्रिया