नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन्। आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
बजेटप्रति असन्तुष्टि हो? भन्ने प्रश्नमा जवाफ दिँदै उनले असन्तुष्टि नरहेको तर छलफल गरेर बजेटट ल्याएको भए झनै राम्रो हुने प्रतिक्रिया दिए।
‘असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो,’ उनले भने।
यसअघि उनले आजैमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए। ओलीले हिजो (शनिबार) पार्टी संसदीय दलको बैठकमा बजेटमाथि असन्तुष्टि जनाउँदै अर्थमन्त्री वर्षमान पुन पार्टीतिर ढल्किएको टिप्पणी गरेका थिए।
संसदमा आजबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु भएको छ।
बजेटमा ओलीको असन्तुष्टि, दलको बैठकमा भने– सत्तारुढ दलसँग परामर्श भएन, अर्थमन्त्री पार्टीतिर ढल्किए
231
Shares
प्रतिक्रिया