ad ad

राजनीति


मधेस प्रदेश सभा बैठक अवरोध

मधेस प्रदेश सभा बैठक अवरोध

फाइल फोटो


नेपालखबर
जेठ २१, २०८१ सोमबार १७:४०, काठमाडौँ

आज सुरूभएको मधेस प्रदेशसभा बैठक प्रतिपक्षी दल जनमत पार्टीले अवरुद्ध गरेको छ।

करिब दुई महिनापछि प्रदेशसभाको तेस्रो अधिवेशनको आज पहिलो बैठक बसेको छ।

बैठक सुरू हुनासाथ आह्वान गरेको तेस्रो अधिवेशनको पत्र सभामुखले पढेर सुनाएपछि जनमतले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो।

सप्तरीको राजविराजमा एक मन्त्रीमाथि प्रहरीबाट आक्रमण भएको घटनाको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेर बैठक जनमतले अवरुद्ध गरेको हो। जनमतका सदस्य सञ्जय यादवले मन्त्रीमाथि भएको आक्रमणको छानबिन नभएसम्म संसद् चल्न नदिने बताए।

‘त्यो माग पूरा गर्नुपर्छ र समिति गठन नगरेसम्म सदन चल्न दिँदैनौँ’, उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .