ad ad

राजनीति


बानेश्वरमा सुरु भयो सहकारी संसदीय छानबिन समितिको पहिलो बैठक

बानेश्वरमा सुरु भयो सहकारी संसदीय छानबिन समितिको पहिलो बैठक

विशेष संसदीय छानबिन समितिको पहिलो बैठक


नेपालखबर
जेठ २३, २०८१ बुधबार १४:४०, काठमाडौँ

सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिको पहिलो बैठक बसेको छ। 

बैठक सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन बानेश्वरस्थित शंकर हलमा केही बेरअघि सुरु भएको हो। 

यही जेठ १५ गते प्रतिनिधि सभाको बैठकबाट एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित ७ सदस्यीय समितिको बैठक आज पहिलोपटक बसेको हो। 

समितिमा कांग्रेसका सांसदहरू बद्री पाण्डे र ईश्वरी देवी न्यौपाने, सत्तारूढ एमालेबाट सूर्य थापा र सरिता भुसाल, नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य छन्।

लामो रस्साकस्सीपछि बनेको संसदीय छानबिन समितिको पहिलो बैठकले के निर्णय गर्ला? धेरैका लागि चासोको विषय बनेको छ। 

समितिको कार्यावधि ३ महिना तोकिएको छ। 

उक्त समिति गठनसँगै संसदको गतिरोध अन्त्य भएको थियो। त्यसअघि समिति गठनको माग गर्दै कांग्रेसले लामो समय अवरोध गरेको थियो।

केही ठूला सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि नाम जोडिएका कारण सत्तापक्षले समिति गठन गर्न मानेको थिएन। 

यस्तो छ समितिको कार्यक्षेत्र र संरचना-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .