ad ad

राजनीति


मधेस प्रदेश : ६ दलले यसरी बाँडे मन्त्रालय

मुख्यमन्त्री पाएको जनमतलाई एउटा मात्रै मन्त्रालय, एमालेलाई ४ वटा
मधेस प्रदेश : ६ दलले यसरी बाँडे मन्त्रालय

फाइल तस्बिर


नेपालखबर
जेठ २५, २०८१ शुक्रबार ९:१३, काठमाडौँ

नयाँ सरकार गठनको तयारीमा रहेका ६ दलले मधेस प्रदेशमा मन्त्रालयको भागबण्डा टुंग्याएका छन्। 

सीके राउत नेतृत्वको जनमत पाटीका सतीश सिंहले शुक्रबार दिउँसो १२ बजे मधेसको मुख्यमन्त्रीमा शपथ लिने तयारी छ। उनले आज बिहानै प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष ५५ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेस गरिसकेका छन्। 

मधेस प्रदेशका निर्वतमान मन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद समिर भट्टराईले ६ दलले आपसी सहमतिमा मन्त्रालयको भागबण्डासमेत टुंग्याइसकेको जानकारी दिए।

‘मुख्यमन्त्रीको शपथपछि आजै मधेसका ११ मन्त्रालयमा मन्त्री नियुक्त हुनेछन्,’ भट्टराई केहीबेरअघि नेपालखबरसँग भने, ‘मुख्मन्त्रीको शपथपछि लगत्तै मन्त्रीहरुको शपथ गर्नेगरी तयारी भएको छ।’

सत्ता साझेदार दलहरुमध्ये सबैभन्दा ठूलो दल एमालेलेले चार मन्त्रालय पाउने भएको छ। सरकारको नेतृत्वको तयारीमा रहेको जनमतले मुख्यमन्त्री बाहेक अर्को एक मन्त्रालय मात्रै पाउने सहमति छ। 

भट्टराईका अनुसा एमालेले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र युवा तथा खेलकुद, माओवादीले अर्थ र उद्योग बाणिज्य तथा पर्यटन, नेकपा एकीकृत समाजवादीले ऊर्जा, सिंचाइ तथा खानेपानी र कृषि, प्रदेश सभामा एक/एक सिट रहेका नागरिक उन्मुक्ति र नेपाल समाजवादी पार्टीले क्रमशः श्रम तथा यातायात र गृह र संचार तथा कानुन मन्त्रालय लिने सहमति ६ दलबीच भएको छ। 

मुख्यमन्त्री पाएकाे जनमतले भने वन मन्त्रालय मात्रै पाउने सहमति ६ दलले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .