ad ad

राजनीति


आइतबार दिउँसो १ बजेर २५ मिनेटमा नेपाल एयरलाइन्सबाट दिल्ली जाँदै प्रधानमन्त्री

आइतबार दिउँसो १ बजेर २५ मिनेटमा नेपाल एयरलाइन्सबाट दिल्ली जाँदै प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
जेठ २६, २०८१ शनिबार १९:१३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार दिउँसो १ बजेर २५ मिनेटमा भारत प्रस्थान गर्ने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन्। 

प्रधानमन्त्री मोदीको शपथ समारोहको निमन्त्रण स्वीकार्दै प्रधानमन्त्री प्रचण्ड नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को उडान नं आरए-२१७ मार्फत् आइतबार दिउँसो त्यसतर्फ जाने भएका हुन्।  

प्रधानमन्त्री निकट स्रोतका अनुसार, आइतबार दिउँसो १ बजेर २५ मिनेटमा नेपाल एयरलाइन्सबाट दिल्ली जाने कार्यक्रम तय भएको छ।  यो नेपाल एयरलाइन्सको नियमित उडान हो। 

भारतको राष्ट्रपति भवनले त्यहाँको स्थानीय समयअनुसार, आइतबार साँझ ७ः१५ बजे शपथ समारोह हुने घोषणा गरेको छ। कार्यक्रममा विदेशी नेतासहित आठ हजारभन्दा बढीको सहभागिता रहने बताइएको छ।

प्रधानमन्त्री मोदीले शपथ लिएपछि भोलि नै समकक्षी मोदीसँग भेटवार्ताको कार्यक्रम पनि तय भएको छ। नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीका अनुसार उनीहरूबीच दिल्लीमा संक्षिप्त भेटवार्ता हुनेछ।

प्रधानमन्त्री प्रचण्डको साथमा स्ककीय सचिव समेत रहेकी छोरी गंगा, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्ती पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, लगायत उच्चपदस्थ सरकारी कर्मचारी पनि भारत जाने कार्यक्रम छ। 

आइतबार शपथ ग्रहण समारोह सकेर प्रचण्ड सोमबार (जेठ २८) नै स्वदेश फर्कने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्डले यसअघि गत जेठमा भारतको औपचारिक भ्रमण गरेका थिए।

यसअघि सन् २०१४ मा प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए। त्यसबेला पाकिस्तानबाहेक दक्षिण एसियाली मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख समारोहमा सहभागी भएका थिएनन्। 

यसपटक भने गलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु पनि शपथ समारोहमा सहभागी हुने भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .