ad ad

राजनीति


नेपाल–भारत सम्बन्धले समृद्धिमा नयाँ युगको सुरुवात हुनेछ : उपप्रधानमन्त्री श्रेष्ठ

नेपाल–भारत सम्बन्धले समृद्धिमा नयाँ युगको सुरुवात हुनेछ : उपप्रधानमन्त्री श्रेष्ठ

नेपालखबर
जेठ २७, २०८१ आइतबार १४:३२, काठमाडौँ

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले विविधतालाई अंगालेर पिछडिएका समूहहरूलाई सशक्त बनाउने काम गरिरहेको बताएका छन्।

आइतबार काठमाडौँमा भएको वर्तमान वैश्विक परिदृश्यमा ज्ञान परम्परा नेपाल—भारतको सांस्कृतिक सन्दर्भ विषयक दुई दिवसीय संगोष्ठीलाई सम्बोधन गर्र्दै उनले नेपाल–भारत सम्बन्ध साझा समृद्धि झल्काउन व्यापार, कनेक्टिभिटी, पर्यटन र अन्य सकारात्मक सम्बन्धका विषयमा केन्द्रित हुनुपर्ने पनि बताए। 

‘दुई देशबीचको सम्बन्धले विकास, समृद्धि र सामाजिक परिवर्तनको नयाँ युगको सुरुवात हुने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सामाजिक परिवर्तन एक निरन्तर प्रक्रिया हो,’ उनले भने, ‘राम्रो समाजको लागि निरन्तर प्रयास हुनुपर्छ।’

समावेशीता, धर्मनिरपेक्षता, सङ्घीयता, लैङ्गिक समानता, शिक्षामा पहुँच लगायतका सिद्धान्तहरूले नेपाली समाजलाई जीवन्त बनाइरहेको बताउँदै उनलेसामाजिक परिवर्तन बुझ्नको लागि सामाजिक संरचना र संस्थाहरूको जाँच पनि आवश्यक हुने पनि बताए। 

नेपालको आर्थिक र राजनीतिक अल्पविकसित अवस्थाबाट उच्च आर्थिक वृद्धिको मार्ग, आर्थिक विकास र समृद्धि र विकास लक्ष्यहरूको परिपूर्ति गर्ने उद्देश्यले स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको उनले बताए।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सन् २०२६ सम्ममा एलडीसीको स्थितिबाट उत्तिर्ण हुने, एसडीसीलगायत अन्तर्राष्ट्रिय मान्यताप्राप्त विकास लक्ष्यहरू हासिल गर्नका साथै ग्लोवल वार्मिङ र जलवायु परिवर्तनसँग जुध्न प्रतिवद्ध रहेको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .