ad ad

राजनीति


हिन्दी भाषा जनस्तरको सम्बन्ध जोड्ने कडी : उपप्रधानमन्त्री श्रेष्ठ

हिन्दी भाषा जनस्तरको सम्बन्ध जोड्ने कडी : उपप्रधानमन्त्री श्रेष्ठ

नेपालखबर
जेठ २८, २०८१ सोमबार ५:५४, काठमाडौँ

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले हिन्दी भाषा तथा साहित्यले नेपाल र भारतबीच जनस्तरमा सम्बन्ध प्रगाढ बनाउने कार्य गरेकाले यसको प्रवद्र्धन आवश्यक भएको बताएका छन्। 

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय हिन्दी विभागको आयोजनामा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आइतबार सुरु ‘दुईदिने विश्व परिवेशमा नेपाल र भारतका सामाजिक परिवर्तन’ विषयक गोष्ठीमा परराष्ट्रमन्त्री श्रेष्ठले दक्षिण एसियाले विश्व जनसंख्याको उल्लेख्य हिस्सा ओगट्ने भएकाले नेपाल र भारतसहितका दक्षिण एसियाको आवाज अब विश्व मञ्चमा विशेष अर्थ राख्ने दिन आएको धारणा राखे।

भौगोलिक र आर्थिक मात्र नभई सांस्कृतिक तथा पारिवारिक सम्बन्धले जोडिएका नेपाल र भारतको सम्बन्धलाई हिन्दी भाषाको अध्ययन–अध्यापनले थप गाढा बनाएको उनले बताए। 

कार्यक्रममा सांसद अमरेशकुमार सिंहले साहित्य, भाषा र कला एउटा देशको सीमाभित्र साँघुरिएर रहने बताए। राजनीतिक र भौगोलक कारण सीमा तोकिए पनि साहित्यले कुनै पनि सम्बन्धित भाषालाई विश्वस्तरमा पुर्‍याउन विशेष योगदान दिने उनले बताए। 

त्रिवि हिन्दी केन्द्रीय विभागका प्रमुख सञ्जिता बर्माले विद्यार्थी पाउने सम्भावना भए पनि स्नातकमा हिन्दी पढेकै हुनुपर्ने नियमका कारण हिन्दी पढ्न खोज्ने कैयौँ विद्यार्थीले यो भाषा पढ्नबाट वञ्चित हुनुपरेको बताए। विभागको आफ्नै भवनलगायत न्यूनतम पूर्वाधार हालसम्म प्राप्त गर्न नसकिरहको उनले गुनासो गरे। 

कार्यक्रममा परराष्ट्रमन्त्री श्रेष्ठले हिन्दी भाषाका करिब आधा दर्जन कृति विमोचन गरेका थिए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .