ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड बेलुकी ६ बजे नेपाल फर्कँदै

प्रधानमन्त्री प्रचण्ड बेलुकी ६ बजे नेपाल फर्कँदै

नेपालखबर
जेठ २८, २०८१ सोमबार १४:१९, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा उपस्थित हुन नयाँ दिल्ली गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किदै छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री प्रचण्ड बेलुकी ६ बजे नेपाल फर्किन लागेका हुन्।

मोदीको शपथ समारोहमा सहभागि हुन प्रचण्ड आइतबार दिल्ली प्रस्थान गरेका थिए। दिल्लीमा रहँदा उनले नवनिर्वाचित प्रधानमन्त्री मोदी, भारतीय राष्ट्रपति, नयाँ नियुक्त मन्त्रीहरुसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्रीको टोलीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, प्रधानमन्त्रीकी छोरी समेत रहेकी स्वकीय सचिव गंगा दाहाल, परराष्ट्रसचिव सेवा लम्साल लगायत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .