प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको ह्वीप तोड्ने सांसदलाई कारवाही हुने बताएका छन्।
माओवादीको चुनाव चिह्न लिएर निर्वाचित गण्डकीका सांसद फणिन्द्र देवकोटाले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएकोबारे पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने,‘संविधान विपरित ह्वीप तोड्नेलाई त कारवाही हुन्छ । कारवाही प्रक्रिया अघि बढ्छ ।’
माओवादी गण्डकी प्रदेश संसदीय दलका नेता हरि चुमानले पनि देवकोटामाथि कारवाहीको प्रक्रिया अघि बढाइसकेको बताएका थिए। देवकोटाले भने आफू नेपाल समाजवादी पार्टीको सदस्य भएको भन्दै पार्टी निर्देशनको पालना गरेको अभिव्यक्ति दिएका छन्।
1.5k
Shares
प्रतिक्रिया