ad ad

राजनीति


सिंहदरबारमा ओली–प्रचण्डको भेट

सिंहदरबारमा ओली–प्रचण्डको भेट

नेपालखबर
जेठ ३०, २०८१ बुधबार २०:३८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाईलाई सरकारमा भित्र्याउने तयारी र संसदमा सरकारको आगामी आर्थिक वर्षको बजेटबारे छलफल भईरहेका बेला उनीहरुबीच बुधवार अपरान्ह सिंहदरबारमा भेट भएको हो। 

भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले प्रधानमन्त्रीसँग राम्रो छलफल भएको प्रतिक्रिया दिए। ‘भेट राम्रो भयो,’ उनले भने।

अध्यक्ष ओलीले बजेटमा देखिएको कमी हटाउन पनि प्रधानमन्त्रीसँग आफूले कुरा गरिरहेको बताउँदै आएका थिए।

त्यसैगरी एमाले सांसदहरुले प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउन पनि एमालेका सांसदहरुले माग गर्दै आएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .