ad ad

राजनीति


जसपा नेपालको नयाँ कार्यसमिति चयन गर्न आज मतदान

यी पदाधिकारीका लागि भिड्दै छन् १९ जना
जसपा नेपालको नयाँ कार्यसमिति चयन गर्न आज मतदान

जसपा महाधिवेशन स्थल


नेपालखबर
जेठ ३१, २०८१ बिहिबार ११:३३, काठमाडौँ

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को जारी एकताको महाधिवेशनबाट अध्यक्षबाहेक नयाँ कार्यसमिति चयन गर्न आज मतदान हुने भएको छ। 

जसपा केन्द्रीय निर्वाचन समितिका अनुसार दिउँसो १२:३० बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ। यसपछि मतदान सुरु हुनेछ।

अध्यक्षमा फेरि उपेन्द्र यादव नै निर्विरोध भए पनि बाँकी पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्न निर्वाचन समितिलाई बुधबार अबेर रातिसम्म लागेको थियो। 

उम्मेदवारीमा दाबी विरोध र त्यसउपर निर्णय भइसकेको जसपा निर्वाचन समितिले जनाएको छ। 

२०१ केन्द्रीय सदस्य र अध्यक्ष (जुन निर्विरोध धइसकेको छ), सहअध्यक्ष, महासचिव, सहमहासचिव, कोषाध्यक्ष, सचिव र सहसचिव गरी २० पदाधिकारीका लागि बुधबार मनोनयन दर्ता भएको थियो।

अध्यक्षबाहेक अब एकजना सहअध्यक्ष, ५ उपाध्यक्ष, २ महासचिव, ३ उपमहासचिव, ७ सचिव, १ कोषाध्यक्ष र २०१ केन्द्रीय सदस्य चयनका लागि आज निर्वाचन हुन लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .