मधेस प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो नियुक्त भएका छन्।
बिहीबार मुख्यमन्त्री सतीश सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम महतोलाई प्रदेशको मुख्यन्यायाधिवक्ता पदमा नियुक्त गरिएको जानकारी गराएको छ।
महतो धनुषाको सबैला नगरपालिका ६ का हुन्।
63
Shares
प्रतिक्रिया