राष्ट्रिय सभा सदस्य वामदेवा गौतमले भारतको अयोध्यामा राम बनाउन भनेर नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्ने बताएका छन्।
सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
यसअघिको कांग्रेस सम्मिलित नेकपा (माओवादी केन्द्र) को सरकारले भारतको अयोध्यामा रामको मन्दिर बनाउन शालिग्राम पठाएको भन्दै शालिग्रामबाट नै हिरा बन्ने भएकाले भारतले सो सम्पत्ति फिर्ता गर्नुपर्ने बताए।
उनले हिरा बन्ने २४ टन नेपाली सम्पत्ति बिनासित्तै भारतलाई बुझाउने काम भएकाले सम्पत्ति फिर्ता हुनुपर्ने बताए।
उनले भने, ‘गएको सरकार, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) अन्य कतिपय राजनीतिक पार्टीहरु मिलेर बनेको सरकारको पालामा भारतको अयोध्यामा रामको मन्दिर बनाउन उनीहरुले नेपालमा शालिग्राम मागे रे। नेपाल सरकारले धुमधामसित त्यो शालिग्राम उठाएर गाडीमा राखेर अयोध्या लगिदिए। रामको मन्दिर त बनेन। मलाई त्योसँग मतलव छैन। त्यो शालिग्राम के हो? मैले शालिग्रामबाट नै हिरा बन्छ भनेँ। वैज्ञानिकसँग सम्पर्क गरेँ, मैले बुझेँ। हिरा बन्ने २४ टन नेपाली सम्पत्ति बिनासित्तै भारतलाई बुझाउने काम भयो। त्यो नेपालले फिर्ता पाउनुपर्छ। त्यो हाम्रो सम्पत्ति हो।’
Shares
प्रतिक्रिया