प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले विभिन्न देशमा गरेको राजदूत नियुक्ति सच्याइने बताएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ मा परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै उनले कमी, कमजोरी रहेको भए राजदूत नियुक्ति सच्याइने बताएका हुन्।
राजदूत नियुक्त गर्दा आफूले मेरिटको आधारमा व्यक्तिको नाम दिन आग्रह गरेको भन्दै आएको नामलाई नियुक्त गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।
‘अब कति मेरिटमा परे, परेनन्। कतिको मेनपावरसँग छ, भन्ने जो प्रश्न उठेको छ, यो उठेका प्रश्नको सन्दर्भमा म सम्बन्धितहरूसँग छलफल गरेर यदी त्यहाँ केही कमी रहेछ भने सच्याइन्छ,’ उनले भने, ‘यो विश्वास दिलाउन चाहन्छु। मेरिटकै आधारमा यो अगाडी बढोस् भन्ने हाम्रो धारणा पनि म प्रष्ट रुपमा राख्न चाहन्छु।’
मेरिटमा परे नपरेको सन्दर्भमा सम्बन्धित व्यक्तिसँग छलफल गर्ने र कमजोरी गरिएको रहेछ भने सच्याइने उनले बताए।
‘राजदूत नियुक्तिको सन्दर्भमा कुनै पार्टी विशेषको कुरा नभइकन पार्टीले प्रस्तुत गर्दा मेरिटको आधारमा योग्य मान्छे प्रस्तुत गर्नुपर्यो। ताकि त्यसले देशको प्रतिष्ठाको लागि पनि, अन्य कामहरूमा पनि राम्रो योगदान गर्न सकियोस् भनिएको थियो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले त्यतिखेर नेपाली कांग्रेसका सभापतिलाई भनेको थिए, तपाईंले योग्य मान्छे दिनुभयो। अहिले पनि मैले योग्य मान्छे दिनुपर्यो। मेरिटको आधारमा दिनुपर्यो भनेको हो।’
- राजदूतबारे प्रधानमन्त्रीको स्पष्टीकरण : पहिला पनि सत्ता फेरिएको एक हप्तामै परिवर्तन गरिन्थ्यो
- प्रधानमन्त्रीले भने– सुनुवाइ समितिमा छलफल र कागजात हेरेर मात्रै राजदूत नियुक्ति टुंग्याइन्छ
- स्वार्थ बाझिने गरी म्यानपावर व्यवसायीलाई साउदी अरबको राजदूत सिफारिस गरियो : सांसद यादव
- आठ देशमा राजदूत सिफारिस, भारतमा रेग्मी, अमेरिकामा घिमिरे
- ८ देशमा राजदूत सिफारिस : एमाले ५, जसपा २ र माओवादी केन्द्र १
Shares
प्रतिक्रिया