ad ad

राजनीति


प्रधानमन्त्रीको जवाफ : राष्ट्रिय अनुसन्धान विभाग कार्यकारी प्रमुखअन्तर्गत राख्नु नै उचित (पूर्णपाठसहित)

प्रधानमन्त्रीको जवाफ : राष्ट्रिय अनुसन्धान विभाग कार्यकारी प्रमुखअन्तर्गत राख्नु नै उचित (पूर्णपाठसहित)

नेपालखबर
असार ११, २०८१ मंगलबार १४:५०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय अनुसन्धान विभागलाई विचार गरेर नै प्रधानमन्त्री कार्यालय अन्तर्गत राखिएको बताएका छन्। 

मंगलबार बजेटमाथिको छलफलका बेला प्रधानमन्त्री कार्यायालय लगायतका निकायहरूमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले कार्यकारी प्रमुखमातहत नै संवेदनशील सूचना राख्ने निकाय हुने गरेको बताए। 

‘राष्ट्रिय सुरक्षा एकदमै पेचिलो र संवेदनशील विषय हो,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘यसमा सूचनाको प्राप्ति तथा विश्लेषण अत्यन्त महत्वपूर्ण भएको हुँदा त्यसको संवेदनशीलता र सुरक्षा व्यवस्थापनको प्रभावकारितालाई मध्यनजर गरी प्रत्यक्षरुपमा सम्बोधन गर्ने उद्देश्यले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा राखिएको हो। अन्तर्राष्ट्रिय अभ्यासहरू हेर्दा समेत यस्तो जिम्मेवारी वहन गर्ने गुप्तचर संयन्त्रहरू देशको कार्यकारी प्रमुख अन्तर्गत रहने अभ्यास रहेको छ।’ 

‘नेपालमा पनि यस सम्बन्धमा पर्याप्त अध्ययन विष्लेषण गरी यस प्रकारको व्यवस्था गरिएको व्यहोरा म यस सम्मानित सदन समक्ष जानकारी गराउन चाहन्छु,’ उनले थपे।

त्यस्तै हेलो सरकारलाई प्रदेश सरकारमार्फत ल्याउनुपर्ने सांसदहरुको मागका विषयमा पनि प्रधानमन्त्री प्रचण्डले जवाफ दिँद राज्यका सबै तहका निकायमा गुनासो सम्बोधनका विभिन्न संयन्त्रहरु रहेको भन्दै त्यसलाई पनि संघीय सरकारमातहत नै राख्दा उचित हुने धारणा राखे।

‘सरकारका तीनवटै तहको अधिकार क्षेत्रका विभिन्न विषयमा प्राप्त हुने जनगुनासो सम्बन्धित तहबाटै व्यवस्थापन गर्न सकिए यसले आम नागरिकमा राज्यप्रति भरोसा र अपनत्वमा बृद्धि हुने र जनताप्रति सरकारको उत्तरदायित्व वृद्धि गर्न समेत यसले अहम् भूमिका निर्वाह गर्दछ,! उनको जवाफ थियो, ‘जनसरोकारका कतिपय गुनासोहरू हाम्रो संघीय शासन प्रणालीको सबैभन्दा तल्लो ईकाई वडातहबाटै व्यवस्थापन हुनसक्छन् भने कतिपय गुनासो संघीय सरकारका निकायबाट मात्रै सम्बोधन हुने प्रकृतिका हुन्छन्।’

हेर्नुहोस् प्रधानमन्त्रीले दिएको जवाफको पूर्णपाठ :


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .