ad ad

राजनीति


परराष्ट्रमन्त्री श्रेष्ठलाई भेटेर चीन फर्किए उपविदेशमन्त्री सुन

परराष्ट्रमन्त्री श्रेष्ठलाई भेटेर चीन फर्किए उपविदेशमन्त्री सुन

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङले भेटवार्ता गरेका थिए। तस्बिरः परराष्ट्र मन्त्रालय


नेपालखबर
असार १२, २०८१ बुधबार १३:१४, काठमाडौँ

नेपालको तीन दिने भ्रमणमा आएका चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ आफ्नो भ्रमण पुरा गरि स्वदेश फर्किएका छन्।

चीन उड्नुअघि उपमन्त्री वेइडोङले उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका थिए।

बुधबार बिहान सिंहदरबारमा भएको भेटमा द्वीपक्षीय सम्बन्ध र सहकार्यका धेरै विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उपविदेशमन्त्री वेइडोङ मंगलबार नेपाल–चीन कूटनीति परामर्श संयन्त्रको १६ औं बैठकमा सहभागी भएका थिए।

उक्त बैठकले परराष्ट्रमन्त्री स्तरीय चीन–नेपाल संयुक्त आयोग बनाउने सहमति गरेको थियो।

सोमबार नेपाल आएका उपमन्त्री वेइडोङले त्यही दिन नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका थिए।

उनले राष्ट्रपति रामचन्द्र पौडल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग पनि भेटवार्ता गरेका थिए।

उपमन्त्री वेइडोङको टोलीलाई उपसचिव एवं परराष्ट्र मन्त्रालयको उत्तर–पूर्व एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकालले त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाइ गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .