नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ता रोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड केहीबेरका लागि निस्किएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमै आयोजित पूर्वाञ्चल विश्वविद्यालयको परिषद् बैठकमा सहभागी हुन प्रचण्ड ओलीसँगको भेट रोकेर भर्खरै निस्किएका हुन्।
प्रधानमन्त्रीको सचिवालय स्रोतले दिएको जानकारी अनुसार, उनीहरू फेरि केहीबेरमा वार्तामा जुट्नेछन्।
अहिले ओली प्रचण्डलाई कुरेर बालुवाटारमै बसिरहेका छन्। प्रचण्ड भने परिषद्को बैठकमा सहभागी भएका छन्।
सोमबार बिहान साढे ९ बजेदेखि प्रचण्ड र ओली बालुवाटारमा छलफल गरिरहेका हुन्।
4.4k
Shares
प्रतिक्रिया