ad ad

राजनीति


‘वामदेव तरंग’पछि ओली, प्रचण्ड, नेपाल एउटै मञ्चमा

‘वामदेव तरंग’पछि ओली, प्रचण्ड, नेपाल एउटै मञ्चमा

सागर न्यौपाने
फागुन १५, २०७६ बिहिबार ७:२४,

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बाग्मती प्रदेशको प्रशिक्षण यलम्बर पार्टी प्यालेस रामशाह पथमा सुरु भएको छ।

कार्यक्रममा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल तथा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी छन्।

वामदेव गौतमलाई राष्ट्रिय सभा लैजाने पार्टी सचिवालयको निर्णय र सो निर्णयमा ओलीको असहमतिले पार्टी पंक्ति तर‌ंगित भइरहेको बेला शीर्ष नेताहरु एउटै मञ्चमा उपस्थित भएका हुन्।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रशिक्षण कार्यक्रममा ढिलो गरी आइपुगेका हुन्। उनको नाम सम्बोधन गर्ने नेताको सूचीमा छ।

१२ बजेर ५७ मिनेटमा कार्यक्रमस्थल आइपुगेका ओलीले आसन ग्रहण गर्ने बित्तिकै आफ्नो देब्रेपट्टि कुर्सीमा बसेका प्रचण्डलाई ढल्किएर केही कुराकानी गरे। ‘अलि ढिला हुनुभयो नि?’ प्रचण्डले ढिलो हुनुको कारण जान्न चाहे। जवाफमा ओलीले भने, ‘कांग्रेसका नेताहरु बालुवाटारमा आएका थिए।’
‘कांग्रेस नेताहरुसँग के कुरा भयो?’, प्रचण्डले फेरि सोधे।
‘खासै केही भएन’, ओलीले जवाफ दिए।

प्रचण्डसँग छोटो कुराकानीपछि ओली भिड हेर्नतर्फ लागे। आफ्नै कुर्सी छेउमा रहेका बरिष्ठ नेता माधवकुमार नेपालसँग कुराकानी गरेनन्।

प्रशिक्षणमा १३ जिल्लाका नेता, कार्यकर्ता, प्रदेश सांसद, मन्त्री गरी २ हजार १ सयलाई प्रशिक्षणका लागि बोलाइएको छ।

कार्यक्रमस्थल आइपुगेका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली। तस्विरः सागर

बुधबार बसेको पार्टी सचिवालय बैठकले नेता गौतमलाई राष्ट्रिय सभामा सिफारिश गर्न सरकारलाई अनुरोध गर्ने सर्वसम्मत निर्णय गरेको थियो। पछि प्रधानमन्त्री ओलीले सो निर्णय आफूलाई मान्य नहुने बताएपछि नेकपा पार्टी पंक्तिमा तरंग पैदा भएको छ।

यही बेला पार्टीका शीर्ष नेताहरु एउटै मञ्चमा उपस्थित भएको विषयलाई चासोको रुपमा हेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .