प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्व. गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मयन्तीको उपलक्ष्यमा आयोजित फोटो प्रदर्शनीमा सहभागी भएका छन्। नेपाली कांग्रेसले काठमाडौँमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक फोटो प्रदर्शनीमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका हुन्।
प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरूले प्रदर्शनीको अवलोकन गराएका थिए।
अवलोकनलगत्तै सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन कुमार थापा लगायतसँग प्रधानमन्त्री प्रचण्डले केहीबेर छलफल समेत गरे।
राजनीतिक समीकरण फेरबदलका लागि कांग्रेसले नेकपा एमालेसँग समझदारी गरेपछि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको यो पहिलो भेटवार्ता हो।
प्रचण्ड शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर फोटो प्रदर्शनीमा पुगेका थिए।
01
324
Shares
प्रतिक्रिया