नेकपा एमालेले राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँको प्रस्ताव भएको जिकिर गरेको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव प्रदीप ज्ञवालीले कुनैपनि दललाई निषेध गर्नका लागि अहिलेको सहकार्य अघि नबढाइएको बताए।
‘कसैलाई निषेध गर्न बनाइएको कुरा होइन,’ उनले भने।
साथै, उनले प्रचण्डको नेतृत्वमा कांग्रेसले अघि जान सकिँदैन भनेपछि आफूहरू अघि बढेको बताए।
‘उहाँ आफैँले यो सरकार पर्याप्त छैन यसलाई राष्ट्रिय सहमतिमा कन्भर्ट गर्नुपर्छ भन्नुभएको थियो। तर, उहाँको नेतृत्वमा नेपाली कांग्रेस जान सक्दैन भनिसकेपछि उहाँहरूलाई यो सहकार्यमा अघि बढ्न र मुलुकको राजनीतिक स्थायीत्वको लागि रचनात्मक योगदानका लागि आग्रह गर्छौँ,’ उनले भने।
1.0k
Shares
प्रतिक्रिया