राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रचण्ड नेतृत्वको सरकारमा रहेका चारै मन्त्रीले आज राजीनामा दिँदै छन्।
रास्वपाबाट सरकारमा रहेका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन्।
रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले आजै सरकार छाड्न लागिएको जानकारी दिए।
‘आज हाम्रै चारै मन्त्रीहरूले राजीनामा दिनुहुन्छ’, उनले नेपालखबरसँग भने, ‘सरकार परिवर्तन भइसक्यो, अब किन बस्ने?’
यसअघि बुधबार नेकपा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिइसकेका छन्।
नेकपा माओवादी केन्द्रसँगको गठबन्धन लत्याउँदै नेकपा एमालेले गत सोमबार मध्यराति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति गरेपछि सरकार परिवर्तन हुन लागेको हो।
एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार अल्पमतमा परिसकेको छ।
पार्टीभित्र आन्तरिक विवाद चर्किएकै बेला सत्ता गठबन्धन परिवर्तन भएपछि रास्वपा पनि सरकारबाट बाहिरिने भएको हो।
रास्वपासम्बन्धी अन्य समाचार:
- महामन्त्रीबाट निलम्बनपछि मुकुलको त्रास- अब उहाँले मेरो चरित्र हत्या हुने हल्ला फैलाउनुहुन्छ
- रास्वपाको कार्यवाहक महामन्त्री तोकिए कबिन्द्र बुर्लाकोटी, मनीष झा प्रवक्ता
- रास्वपा बैठक : ५२ मध्ये यी दुई केन्द्रीय सदस्य उभिए महामन्त्री ढकालको पक्षमा
- घण्टीघरमा तनावका १२ घण्टा
- मुकुल ढकालको प्रतिवेदन पार्टीले ग्रहण गरेको छैन : रास्वपा
- रविका प्रस्तावहरू पहिलोपटक अस्वीकृत भयो : स्वर्णिम वाग्ले
- पार्टी बैठक लाइभ गर्ने मुकुलको प्रस्ताव अस्वीकृत, कबिन्द्रले पढेर सुनाए प्रतिवेदन
- रविले प्रहरीको सरुवामा आईजीपीलाई डमी बनाए : मुकुल ढकाल
- आजै होइन, पछि धेरै कुरा बताउँला : मुकुल ढकाल
- रास्वपा महामन्त्री मुकुल ढकाल मास्कमाथि कालो टेप लगाएर पार्टी बैठकमा
- रास्वपा महामन्त्रीको स्पष्टीकरणः बोल्न पाउने अधिकार हनन भएकाले मुखमा टेप लगाएँ
Shares
प्रतिक्रिया