राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले पार्टीका महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने पार्टीको निर्णयमा आफ्नो कुनै फरक मत नरहेको स्पष्ट पारेका छिन्।
आफूलाई जोडेर ढकालमाथिको कारबाहीविरुद्ध आफू उभिएको भन्ने विभिन्न संचारमाध्यममा समाचार आएको भन्दै उनले त्यसको खण्ड गरेकी हुन्।
‘महामन्त्रीमाथि कारबाही गर्ने केन्द्रीय समितिको निर्णयमा मैले पनि हस्ताक्षर गरेकी छु,’ डाँगीले भनेकी छिन्, ‘केन्द्रीय समितिको बैठकले महामन्त्रीलाई निलम्बन गर्ने सर्वसम्मत निर्णय गरेको अर्थात् कसैको फरक मत नरहेको व्यहोराको निर्णयपुस्तिका कार्यवाहक प्रवक्ता मनिष झाले सार्वजनिक गर्नुभएको छ।’
पार्टी अनुशान उल्लघंन गरेको भन्दै रास्वपाले बुधबार राती महामन्त्री ढकालाई एक साताका लागि निलम्बन गर्ने निर्णय गरेको थियो।
540
Shares
प्रतिक्रिया