नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताएका छन्।
बिहीबार काठमाडौंस्थित एक होटलमा पार्टीका शीर्ष तहका नेताहरुसँग छलफल गरेपछि उन यस्तो प्रतिक्रिया दिएका हुन्।
वार्तापछि सहमतिबाटै नेतृत्व टुंगो लाग्ने अध्यक्ष नेपालको भनाइ छ।‘छलफल चलिरहेको छ, सर्वसम्मत नेतृत्व चयन हुन्छ,’ उनले भने।
पार्टी अध्यक्षमा दोहोरिँदै हुनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले आफू दोहोरिन लागेको नभइ पार्टीको पहिलो महाधिवेशन हुन लागेको जिकिर गरे। ‘माधव नेपाल दोहोरिने होइन, पहिलो महाधिवेशन हुँदैछ,’ नेपालले भने।
राजधानीको प्रज्ञाप्रतिष्ठानमा असार १६ गतेदेखि सुरू भएको महाधिवेशन आज सकिने समयसीमा थियो।
एकीकृत समाजवादीको महाधिवेशनले २१ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। महाधिवेशनमा १ हजार ८ सय ४९ प्रतिनिधि रहेका छन्।
Shares
प्रतिक्रिया