नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बालुवाटारमा चलिरहेको छ।
नेकपा एमालेले सरकार छाडेपछिको यो पहिलो मन्त्रिपरिषद् बैठक हो। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू भने सामेल छन्।
बिहान मात्र रास्वपाका मन्त्रीहरू राजीनामा बुझाउन जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही समय पर्खिन भनेका थिए।
नेकपा एमालेले दीर्घकालीन निर्णय नगर्न र राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरिरहेको छ।
17.8k
Shares
प्रतिक्रिया