शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रादेशिक अस्पताललाई मेडिकल कलेजमा रुपान्तरण गर्नुपर्ने बताएकी छिन्।
विद्यार्थीहरूलाई तत्काल मेडिकल शिक्षा दिनका लागि पनि प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रुपमा सञ्चालन गर्न उपयुक्त हुने उनको तर्क थियो।
शुक्रबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले कम खर्चमा मेडिकल कलेज सञ्चालन गर्ने काम प्रादेशिक अस्पतालमा हुने भएकाले पनि आफूले त्यसैलाई मेडिकल कलेजको रुपमा सञ्चालन गर्न उपयुक्त हुने निष्कर्ष निकालेको बताए।
उनले खर्ब भन्दा बढी खर्च लाग्ने भएकाले निर्वाचन क्षेत्र केन्द्रित भएर मेडिकल कलेज खोल्ने काम तत्कालका लागि सम्भव नभएको पनि पटकपटक दोहो¥याए।
‘३० करोड भन्दा थोरै लगानी हामीले लगाउने हो भने त्यहाँ अल्रेडी फङसनिङ अस्पताल छ। त्यहाँ प्यासेन्ट छ। चिकित्सा शिक्षा ऐन छ। हाम्रा बच्चाहरूले त्यही पढन पाउँछन्। त्यसैले प्रादेशिक अस्पताललाई स्तरोन्नति गरेर मेडिकल शिक्षा संचालन गर्नेमा हामीले जोड दिनुपर्छ। तर यसलाई निर्वाचन क्षेत्र केन्द्रित हुने हो भने त्यो सुरु गर्न पनि गाह्रो छ,’ उनले भने, ‘लागत १ खर्ब भन्दा बढी लाग्छ। अब चालु खर्च तपाई हामीले सोच्नु होला। त्यसकारण हाम्रो विद्यार्थीहरू मेडिकल शिक्षाबाट धेरै समयसम्म कुर्नुपर्ने हुन्छ। तर प्रादेशिक अस्पताललाई हामीले मेडिकल प्रतिष्ठान बनाएपनि, मेडिकल कलेज बनाएपनि हाम्रा विद्यार्थीहरूले पढ्न पाउँछन्। यो चाहीँ मैले निवेदन गरेँ। तर कलेजमा रुपान्तरण गर्नुपर्छ।’
Shares
प्रतिक्रिया