ad ad

राजनीति


नयाँ सरकार गठनको तयारीमा रहेको एमालेले बोलायो संसदीय दलको बैठक

नयाँ सरकार गठनको तयारीमा रहेको एमालेले बोलायो संसदीय दलको बैठक

फाइल तस्बिर


नेपालखबर
असार २२, २०८१ शनिबार ८:१३, काठमाडौँ

कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने तयारीमा रहेको नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। 

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दिएको जानकारीअनुसार असार २३ गते आइतबार बिहान १० बजे बस्नेगरी संसदीय दलको बैठक बोलाइएको हो। 

नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बस्ने बैठकमा सबै सांसदलाई उपस्थितिका लागि एमालेले निर्देशन दिएको छ।

नेकपा माओवादी केन्द्रसँगको गठबन्धन लत्याउँदै एमालेले यही असार १७ गते मध्यराति नेपाली का‌ंग्रेससँग सत्ता साझेदारी गर्ने सहमति गरेको हो। 

यस क्रममा उसले असार १९ गते वर्तमान सरकारबाट आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाई समर्थनसमेत फिर्ता लिइसकेको छ। 

तर अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने संसद्‌बाट विश्वासको मत लिने र अहिले राजीनामा नदिने अडान लिइरहेका छन्।

जसका कारण नयाँ सरकार गठनको प्रक्रिया अघि बढिसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .