ad ad

राजनीति


एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक सुरू, स्वयंसेवकलाई सम्मान

एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक सुरू, स्वयंसेवकलाई सम्मान

नेपालखबर
असार २२, २०८१ शनिबार १५:१०, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको प्रथम बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको छ। महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बसेको हो।

बैठक सुरूअघि भएको कार्यक्रममा दशौं राष्ट्रिय महाधिवेशका स्वयंसेवकहरुलाई कुशलतापूर्वक महाधिवेशन सम्पन्न गरेकोमा अध्यक्ष माधवकुमार नेपालले प्रसंसापत्र प्रदान गरेका थिए। 

त्यस्तै भूतपूर्व सैनिक तथा प्रहरी संगठन समाजवादीले  नवनिर्वाचित केन्द्रीय कमिटीलाई बधाई ज्ञापन गरेको छ।


एकीकृत समाजवादीको हिजो सकिएको १० औं महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, सम्मानित नेता र महासचिव मात्रै टुंग्याएको थियो। त्यस्तै ९३ सदस्यीय केन्द्रीय  घोषणा गरिएको थियो।


निवर्तमान उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार केन्द्रीय कमिटी बैठकमा बाँकी पदाधिकारी र केन्द्रीय समितिलाई पूर्णता दिनेबारे लफल पनि हुनेछ।

तर टुंगिने सम्भावना निकै कम भएको खतिवडाले बताए। ‘आजको बैठकमा त्यसबारे सामान्य छलफल होला,’ उनले नेपालखबरसँग भने, ‘तर टुंगिहाल्ने सम्भावना कम छ। एकसाताभित्र टुंग्याउने कोसिस हुन्छ।’

एकीकृत समाजवादीमा २१ पदाधिकारीसहित २९९ जनाको केन्द्रीय कमिटी हुने विधानमा व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .