ad ad

राजनीति


माओवादीलाई कांग्रेसको जवाफ– संविधान संशोधन पश्चगमनका लागि होइन

माओवादीलाई कांग्रेसको जवाफ– संविधान संशोधन पश्चगमनका लागि होइन

नेपालखबर
असार २२, २०८१ शनिबार १८:५, काठमाडौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन पश्चगमनका लागि नभइ अग्रगमनका लागि हुने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख सचेतक लेखकले ठगी गर्नेहरुलाई संरक्षण गर्न सरकारका मुख्य निकायहरु खटाएर दुरुपयोग गरिएको बताए। 

ठगी गर्ने मानिसलाई संरक्षण गर्न शक्तिशाली निकायको प्रयोग गरिएको बताउँदै सचेतक लेखकले सरकारको बारेमा कुरा गर्दागर्दै अर्को सरकार बन्ने स्थिति देखापरेको बताए। 

‘अहिले एउटा नयाँ प्रयोग हामीले ल्याएका छाँै। धेरै नयाँ त होइन पुरानो प्रयोग नै हो। मुलुकमा यस्तै, यहाँ एक जना वक्ता बोलिरहनुभएको छ, भाषण गरिरहनुभएको छ, भाषण सकिनु भन्दा पहिला अर्को सरकार बन्ने स्थिति छ। त्यो स्थिति अब यसपछि अघि नबढोस्,’ उनले भने, ‘राजनीतिक स्थिरता कायम हुन सकोस्। मुलुकमा विकास र समृद्धिका विषय अघि बढुन्। राष्ट्रिय हित र स्वार्थको रक्षा हुन सकोस्, हामीले संविधान जारी गरेको आठ वर्ष भइसकेको छ।’

मुलुकमा राजनीतिक स्थिरता कायम हुन आवश्यक रहेको उनको भनाइ थियो। 

संविधानको उचित समीक्षा गरी समसामुहिक संशोधन गर्न आवश्यक रहेको बताउँदै उनले मुलुकमा अब राजनीतिक स्थिरता, मुलुकका समस्या समाधान गर्ने सरकार बन्न आवश्यक भएको जिकिर गरे। 

‘संविधानको उचित समीक्षा गरेर यो संविधानको अभ्यासमा देखएका जटिलताहरु, यसका सबल र दुर्बल पक्षहरुको समीक्षा गरेर संविधानको पनि समसामूहिक संशोधन हुन सकोस्। संविधानको समसामयिक संशोधन भन्दा कतिपय कमरेडहरूलाई पश्चगमन लाग्छ, यो पश्चगमन होइन है,’ उनले अघि भने, ‘अग्रगमनका लागि गर्ने हो। हामीले संविधानको संशोधन गर्ने भनेको संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशिताको मुद्दालाई थप सुदृढ गर्न, थप उन्नत बनाउनका लागि हो। थप व्यवस्थित गर्नका लागि हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .